बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सिटिजन्स बैंकले वितरण गर्‍यो ४.२१ प्रतिशत लाभांश

सिटिजन्स बैंकले वितरण गर्‍यो ४.२१ प्रतिशत लाभांश

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औं वार्षिक साधारण सभा सोमबार (१२ कार्तिक ) सम्पन्न भएको छ ।बैंकका  सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डेको अध्यक्षतमा काठमाडौंको कालिकास्थान, डिल्लीबजारमा साधारण सभा सम्पन्न भएको हो ।

आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी सभाबाट पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात आव २०८०/८१ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरू सभामा छलफल भई स्वीकृत भएको छ ।

सभाले आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमा ४ प्रतिशतले हुन आउने ५६ करोड ८० लाख ३८ हजार ९६०.२३ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ करोड ९८ लाख ९६ हजार ७८७.३८ रुपैयाँबराबरको नगद लाभांश छन्

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend