काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडको आइतबार (११ कार्तिक ) सम्पन्न उन्नाइसौं वार्षिक साधारणसभाले शेयरधनिलाई आर्थिक वर्ष २०८०/८१ को मुनाफा तथा संचित मुनाफाबाट कम्पनीको चुक्ता पूँजि रु.४९,३३,२३,६५५/- को १५% बोनस शेयर प्रदान गर्ने प्रस्ताव स्वीकृत गरेको छ। त्यसको कर प्रयोजनका लागि ०.७८९% नगद लाभांश पनि कम्पनीले प्रदान गरेको छ।
त्यस्तै , १५% बोनस शेयर जारी गरेपछि कायम हुने चुक्ता पूँजिको १:०.८ प्रतिशत हकप्रद शेयरको सार्वजनिक निष्कासन गर्ने कम्पनीको प्रस्ताव पनि सभाबाट पारित भएको छ।
सभाले समीक्षा आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब लगायतका विषय र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पारित गरेको छ।
रु रु जलविद्युत परियोजना लिमिटेडले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाटको माथिल्लो हुग्दी खोला जलविद्युत आयोजनाबाट १० वर्षदेखि व्यवसायीक उत्पादन गरिरहेको छ। समीक्षा आर्थिक वर्षमा कम्पनीले रु. १३ करोड ७० लाख ७ हजार ६७५ कुल आम्दानी गरेको जनाएको छ।
कम्पनीले कर्णाली वाटर पावर लिमिटेड संगको सहकार्यमा हुम्ला कर्णाली जलविद्युत आयोजना १- २३५ मेगावाट र हुम्ला कर्णाली जलविद्युत आयोजना २- ३३५ मेगावाटको वातावरणिय प्रभाव मुल्यांकन प्रतिवेदन विद्युत विकास विभागमा बुझाई उत्पादन अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend