११ कात्तिक,काठमाडौं । नेपाल स्त्री तथा प्रसूति विशेषज्ञ समाज (नेसोग)मा नयाँ कार्य समिति चयन भएको छ। शुक्रबार अनलाइन मार्फत भएको मतदानबाट २०८१ – २०८३ कार्यकालका लागि प्रेसिडेन्ट इलेक्ट सहित नयाँ कार्यसमिति निर्वाचित भएको हो।
नेसोगको नयाँ कार्यसमितिमा डा पदमराज पन्त चयन भएका छन्। वरिष्ठ उपाध्यक्ष (प्रेसिडेन्ट इलेक्ट)को रुपमा डा धनबहादुर राना मगर निर्वाचित भएका छन्। निर्वाचनमा डा सपना (अमात्य) वैद्य उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी छन्।
यस्तै महासचिव पदमा डा सन्देश पौडेल, सहमहासचिव पदमा डा अस्मिता घिमिरे, सामाजिक सांस्किृतिक बैज्ञानिक सचिवमा डा आस्था श्रेष्ठ, सामाजिक सांस्कृतिक वैज्ञानिक सहसचिवमा डा श्रेषशी अर्याल निर्विरोध निर्वाचित भएका छन्। यस्तै नेसोगको कोषाध्यक्ष पदमा डा अतित पौडेल र सह कोषाध्यक्ष पदमा डा श्रीप्रसाद अधिकारी पनि निर्विरोध निर्वाचित भएका छन्।
सदस्यमा डा स्निग्धा राई, डा अञ्जना अधिकारी, डा तृप्ति श्रेष्ठ निर्वाचित भएका छन्। यसैगरी डा मनिषा यादव, डा सुरेश कायस्थ र डा निलम सुवेदी पनि सदस्य पदमा निर्वाचित भएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend