काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । नियमित चेकजाँचका लागि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीको परीक्षणपछि सबै रिपोर्ट सामान्य रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिस तथा भास्कुलर सेन्टरको सिसियू कक्षमा भर्ना भएका थिए । प्रधानमन्त्री ओलीको अस्पतालकको अनुसार सबै रिपोर्ट नर्मल रहेको छ । गत कार्तिकमा बिरामी परेर शिक्षण अस्पतालमै भर्ना हुनुभएका प्रधानमनत्री ओलीको त्यसयता चेकजाँच नभएको बताइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend