बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

एनएजली इन्स्योरेन्सको ६२.५६ प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव पारित

एनएजली इन्स्योरेन्सको ६२.५६ प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव पारित

७ कार्तिक ,काठमाडौं । एनएजली इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा आज कात्तिक ७ गते सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष बिमल प्रसाद वाग्लेको अध्यक्षतामा बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा सभा सम्पन्न सभाले चुक्ता पूँजीको १० शेयर बराबर ६.२५६ शेयर अुनपात अर्थात् ६२.५६ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाबाट हकप्रदको प्रस्ताव पारित भएसँगै कम्पनीले अब यसका आधारभूत पक्षहरूको कामलाई निरन्तरता दिने बताएको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउनका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

एनएजली इन्स्योरेन्सले विशेष साधारणसभा प्रयोजनार्थ  असोज २२ गते १ दिनका लागि बुक क्लोज गरेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend