५ कार्तिक , काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिमको लाभांश पारित गरेको छ। कम्पनीका कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुङ्गानाको अध्यक्षतामा सोमबार सम्पन्न साधारणसभाले हालको चुक्ता पूँजी रु. २ अर्ब १० करोडको ५% को दरले हुने रु. १० करोड ५० लाख बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश रु. ५५,२६,३१६/- स्वीकृत गरेको हो।
सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/०८१ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धि टिप्पणीहरूसमेत पारित गरेको छ ।
यस सुपर मादी हाइड्रोपावर लिमिटेडले गण्डकी प्रदेशको कास्की जिल्ला, मादी गाउँपालिका स्थित मादी खोलामा ४४ मेगावाटको जलविद्युत आयोजना सम्पन्न गरि मिति २०७९ चैत महिनाबाट व्यवसायीक उत्पादन शुरु गरेको छ।
समीक्षा आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब २६ करोड ५८ लाख ७२ हजार आम्दानी गरेको जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend