भक्तपुर । सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चौधौं वार्षिक साधारणसभाबाट शेयर सदस्यहरुलाई १५ प्रतिशत नगद लाभांश प्रदान गरेको छ। संस्थाको साधारणसभा अध्यक्ष बच्चु पौडेलको सभापतित्व र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होम बहादुर बस्नेतको प्रमुख आतिथ्यमा यही असोज १८ गते भक्तपुरमा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन , लेखा र सुपरीवेक्षण प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण कार्य सम्पन्न गरेको छ।
समिक्षा आर्थिक वर्षमा सहकारीको चुक्ता शेयर पूँजी रु. ११ करोड ८९ लाख ७९ हजार ५ सय रहेको छ। यस वर्ष संस्थाको निक्षेप संकलन रु. १६ करोड ७० लाख ९० हजार २ सय ३२ रुपैयाँ रहेको छ जुन गतवर्षको तुलनामा वृद्धि भएको हो। कर्जा लगानी यस आ. व. मा ४६ करोड ८ लाख १ हजार ५ सय ७२ रहेको छ। संस्थाको जगेडा कोषको रकम वृद्धि भएर १० करोड ७५ लाख ९१ हजार ७ सय १० रुपैयाँ रहेको छ। समिक्षा आर्थिक वर्षमा संस्थाको खुद बचत रु. ५ करोड ९ लाख ९१ हजार १ सय ४४ रहेकोे छ। त्यससँगै , ऋण सुरक्षण कोषमा रु ६ करोड २३ लाख ६५ हजार २ सय ५२ रहेको छ।
सभामा अध्यक्ष पौडेलले संस्थाले आफ्नो दायरा फराकिलो बनाउँदै काठमाडौं , भक्तपुर ,ललितपुर र सिन्धुपाल्चोक जिल्लाभर विस्तार गर्नुका साथै सदस्य संख्या पनि बढेर १ हजार ९ सय ४५ पुगेको बताए । उनले संस्थामा तरलता राम्रोसँग व्यवस्थापन गरेको र समय सापेक्ष नीतिहरु अवलम्बन गर्दै जाने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend