सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

झापा विद्रोहको आज ४६ वर्ष पुरा, शहिदप्रति श्रद्धाञ्जली अर्पण

झापा विद्रोहको आज ४६ वर्ष पुरा, शहिदप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । झापा विद्रोहको आज ४६ वर्ष पुरा भएको छ । झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएका पाँच अगुवा क्रान्तिकारीको शहादतको स्मृतिमा आज कार्यक्रम गरिँदै छ । विसं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिष्टहरुको नेतृत्वमा चलेको सशस्त्र आन्दोलनलाई नै ‘झापा विद्रोह’को रुपमा चिनिने गरिएको छ ।

पञ्चायती सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको हत्या गरेको थियो । सुस्ताएको कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्दैै अघि बढेको सो विद्रोहबाट अत्तालिएको पञ्चायती निरङ्कुश सरकारले विद्रोह दमन गर्ने क्रममा २०२९ साल फागुन २१ गते सुखानीको जङ्गलमा ती योद्धालाई गोली हानी हत्या गरेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend