सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

केमसन अध्यक्षमा सुरेश घिमिरे सर्वसम्मत निर्वाचित

केमसन अध्यक्षमा सुरेश घिमिरे सर्वसम्मत निर्वाचित

काठमाडौ ।  स्वास्थ्य परीक्षणका उपकरण र रसायन आयातकर्ताहरुको छाता सगंठन केमिकल एन्ड मेडिकल आपूर्ति कर्ता सघं (केमसन)को अध्यक्षमा सुरेश घिमिरे सहित ११ सदस्य कार्य समिति सर्वसम्मत निर्वाचित भएको केमसनले जनाएको छ । सघंको हालै सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो । केमसनका सञ्चार तथा प्रचार प्रसार समितिका संयोजकका अनुसार उक्त नव गठित कार्यसमितिमा अध्यक्ष सुरेश घिमिरे , निर्वतमान अध्यक्षमा भक्त हमाल, प्रथम उपाध्यक्षमा कविराज पोख्रेल, रहेका छन् भने महा–सचिव र सचिवमा क्रमशः विनोद मानन्धर र अर्जुन कुमार रायमाझी रहेका छन् ।

त्यस्तै कोषाध्यक्षमा दीपक शर्माले प्रतिनिधित्व गरेका छन् भने कार्यसमितिका केन्दि«य सदस्यहरूमा पुण्य प्रसाद नेपाल, निर्मल रेग्मी र समीर मरहटा रहेको जानकारी गराइएको छ ।
नवनिर्वाचित कार्य समितिको कार्यकाल दुई वर्षको रहनेछ । सघंको विधान अनुसार द्धितिय उपाध्यक्ष तथा थप ३ कार्यसमिति सदस्य मनोनयन गरिने प्रावधान रहेको उल्लेख गरिएको छ । केमसन बि.स २०६१ साल देखि गुणस्तरीय उपकरण र रसायन उपलब्ध गराउने उद्देश्यले सगठित भई स्वास्थ्य बजारमा विशेष पहिचान बनाउन सफल भएको छ । नेपालको सातै प्रदेशमा उपस्थित रहेको सघंको सक्रिय सदस्य सङ्ख्या ३०० पुगिसकेको जनाइएको छ ।

स्वास्थ्य संस्था तथा यस सम्बन्धी आपूर्तिकर्ताहरु बाट सुलभ मूल्यमा गुणस्तरीय उपकरण र रसायन उपलब्धतालाई थप विश्वासिलो बनाउन कम्पनी र ब्रान्ड सुचीकृत गराउन स्वास्थ्य मन्त्रालयसगं सहकार्य भइरहेको अध्यक्ष घिमिरेले जानकारी दिएका छन् । यस प्रयासबाट खुल्ला सिमानाबाट हुने अनाधिकृत स्वास्थ्य उपकरणको व्यापार नियणत्रण हुने विश्वास लिइएको छ । यससगैं विश्वमा उपल्वध नवीन स्वास्थ्य उपकरण तथा प्रविधि नेपालभर उपल्वध गराउन केमसन प्रतिबद्ध रहेको जनाइएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend