सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

रियलमीले ल्यायो दशैं तिहार अफर यस्तो, मोबाइल खरिदमा एमजी ईभी, स्कुटर, स्मार्टवाच, एयरबड जित्ने मौका

रियलमीले ल्यायो दशैं तिहार अफर यस्तो, मोबाइल खरिदमा एमजी ईभी, स्कुटर, स्मार्टवाच, एयरबड जित्ने मौका

१५ असोज, काठमाडौं । रियलमी नेपालले दशैं र तिहारको अवसरमा बडा अफर लिएर आएको छ । असोज १५ गतेदेखि कार्तिक २२ गतेसम्म सञ्चालन हुने अफरमा रियलमीका मोबाइल खरिद गर्दा कार, स्कुटर, स्मार्टवाच, स्मार्टफोन, एयरबड लगायतका पुरस्कार जित्न सकिने छ ।

रियलमीको कुनै पनि मोबाईल खरिद गर्दा पुरस्कारका लागि लक्की ड्रमा सहभागी हुन सकिने छ । लक्की ड्रमा सहभागी भएपछि बम्पर पुरस्कारको रूपमा एकजनाले एमजी ४ ईभी र १ जनाले टिभीएसको स्कुटर जित्ने मौका पाउने छन् ।

त्यस्तै साप्ताहिक रूपमा २ जनालाई रियलमी सी ६३ स्मार्टफोन तथा दैनिक उपहारको रूपमा १० जनालाई बोल्टको स्मार्टवाच, १० जनालाई बोल्टको एयरबड् र १० जनालाई सफारीको ब्याकप्याक प्रदान गरिने छ ।

रियलमीको बडा अफरमा सहभागी हुन् realmedashaintiharoffer.com मा गएर आफ्नो पुरा नाम, खरिद गरेको मोबाइलको आईएमईआई नम्बर र आफ्नो फोन नम्बर राख्नुपर्नेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend