काठमाडौं । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ८३ वर्षीय अधिकारीको उपचारको क्रममा निधन भएको अस्पतालले पुष्टी गरेको हो । सामाजिक संजालमा दिउसो देखी नै अधिकारीलाई श्रद्धान्जली दिए पनि अन्तत उनको आज राती ९ ः ५० बजे मात्रै निधन भएको अस्पताले आधिकारि पुष्टी भएको हो । अस्पतालले शनिबार दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर अधिकारीको सबै अंगले काम गर्न छोडेको जनाएको थियो । अस्पतालको धारणापछि अधिकारीको अवस्था सार्वजनिक गर्न प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । । अधिकारीले चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन लगायतका विभागमा प्रमुखको जिम्मेवारी बहन गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend