सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

सिटिजन्स बैंकद्वारा ४.२१ प्रतिशत लाभांश घोषणा

सिटिजन्स बैंकद्वारा ४.२१ प्रतिशत लाभांश घोषणा

८ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सोमबार बसेको ४६३औँ सञ्चालक समिति बैठकले गरेको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लागू हुनेछ।

प्रस्तावअनुसार आ.व ०८०/८१ को वितरणयोग्य मुनाफाबाट ०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड नाै लाख ७४ हजार ६ रुपैयाँको ४ प्रतिशतले हुने ५६ करोड ८० लाख ३८ हजार ९६०.२३ रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने दुई करोड ९८ लाख ९६ हजार ७८७.३८ रुपैयाँसहित जम्मा ५९ करोड ७९ लाख ३५ हजार ७४७.६१ रुपैयाँ दिइनेछ।

०६४ साल वैशाख ७ गतेबाट कारोबार सञ्चालन गरी विगत १८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको सिटिजन्स बैंकले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष ०६५/६६ देखि नै सेयरधनीहरूलाई निरन्तर लाभांश वितरण गर्दै आएको छ।

आर्थिक वर्ष ०६५/६६ देखि आर्थिक वर्ष ०८०/८१ सम्मको औसत लाभांश दर ११.५६ प्रतिशत र प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औसत लाभांश दर १२.१० प्रतिशत रहेको बैंकले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend