बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेपालको अर्थतन्त्र सुधार हुँदै गएको छ: आईएमएफ उपनिर्देशक

नेपालको अर्थतन्त्र सुधार हुँदै गएको छ: आईएमएफ उपनिर्देशक

६ असोज , काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)कि  एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताले नेपालको अर्थतन्त्रमा सुधार देखिएको बताएकी छन्। आइतबार अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा  उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताएकी हुन् ।

अर्थमन्त्री पौडेलको सचिवालयले जनाए अनुसार  उनले नेपालमा लागानी सहजीकरणसम्बन्धी कानुनहरू परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्रसम्बन्धी विभिन्न सुझावहरू कार्यान्वयन हुँदै गएकाले आफूलाई खुसी लागेको प्रतिक्रिया दिएकी थिइन् ।

सो भेटमा  उप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend