चितवन। भोली शुक्रबारदेखि चितवनमा हुने नेपाल फर्मा तथा हेल्थ एक्स्पोको तयारी पुरा भएको छ । नेपाल औषधि उत्पादक संघले एक्स्पोको बारेमा जानकारी दिर्दै तयारीको बारेमा जानकारी गराएको हो । औषधिको उत्पादन प्रविधि, संवेदनशिलताबारे सचेतना दिने एवं औषधि उत्पादनलाई अन्र्तराष्ट्रिय स्तरमा पुर्याउंँदै अझ प्रविधि मैत्री र दक्षता प्रदान गर्ने उद्धेश्यले एक्स्पोको आयोजना गरिएको आयोजक संस्था नेपाल औषधी उत्पादक संघले जनाएको छ ।
एक्स्पोका संयोजक जी नारायण बहादुर क्षेत्रीले एक्स्पोमा नेपाली जनशक्तिलाई अन्र्तराष्ट्रिय स्तरको नविन प्राविधिकको ज्ञान दिने उद्धेश्य रहेको बताए। एक्स्पोमा ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० वटा भारतीय कम्पनीहरुका साथै नीजि क्षेत्रका १० वटा अस्पतालको सहभागिता रहने बताईएको छ । काठमाडौं बाहिर पहिलोपटक चितवनमा हुन गइरहेको एक्स्पोमा १० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको एक्स्पोका मिडिया कोअर्डिनेटर विप्लव अधिकारीले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend