बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

काठमाडौं ।रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो चौधौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कम्पनीको साधारणसभा अध्यक्ष कुश प्रसाद मल्लीको अध्यक्षतामा भदौ २० गते बिहीबार काठमाडौंमा सम्पन्न भएको हो।

सभाले कम्पनीको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। त्यस्तै , समीक्षा आ. व. को वासलात, लेखापरीक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब , नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन समेत सभाबाट पारित भएका छन् ।

समीक्षा आर्थिक बर्षमा कम्पनीको निक्षेप तर्फ  २३ प्रतिशतले वृद्धि भई रु. ८ अरब ५५ करोड र कर्जा लगानी तर्फ १२ प्रतिशतले वृद्धि भई रु. ६ अरब ५२ करोड पुऱ्याउन सफल भएको छ।  साथै, संस्थाले समिक्षा अवधि २०८१ असार मसान्त सम्म रु २ करोड ८९ लाख तया श्रावण महिनाको अन्तसम्म भएको व्याज असुली कर्जा नोक्सानी व्यबस्था फिर्ता समेत पश्चात रु.७ करोड ८१ लाख खुद मुनाफा आर्जन भएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको वित्तीय कारोबार गर्ने इजाजत मिति २०६६/०८/१० मा प्राप्त गरी मिति २०६६/०८/१८ बाट सस्थाको केन्द्रीय कार्यालय कमलादीबाट आफनो कारोबार शुरु गर्दै आएको यस सस्थाले न्यूरोड काठमाण्डौं, सितापाईला काठमाण्डौ, इंमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा, भैरहवा रुपन्देही, मणीग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कञ्चनपुर, कोहलपुर बाँके, अत्तरीया कैलाली, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, र टॉडी चितवनमा शाखा कार्यालय गरि जम्मा २१ वटा शाखा कार्यालय खोली कारोबार गर्दै आएको छ।

संस्थाले “वित्तीय सेवाको अर्को परिभाषा भन्ने नाराका साथ संस्थाका ग्राहकहरुलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शिर्षकहरुमा कजर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागू गरि आकर्षक व्याज प्रदान गर्दै निक्षेप सकलन गर्दै आएको छ।

सस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरुलाई SCT Network ATM, विभिन्न रेमिटेन्स सेवाहरु, सी आस्वा (C-ASBA) IPS, Connect IPS सेवा, ABBS सेवा, Electronic Cheque Clearing (ECC), SMS Banking. Mobil Banking QR Teller समेतका सेवा प्रदान गर्दै आएको छ।

साधारणसभामा कम्पनीका अध्यक्ष मल्लीले आगामी वर्ष समयमै साधारणसभा सम्पन्न गर्ने र संस्थागत सुशासनमा अझै सुदृढीकरण गर्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend