सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

तीज पर्वको अवसरमा कुमारी बैंकले ल्यायो ‘क्यास ब्याक’ योजना

तीज पर्वको अवसरमा कुमारी बैंकले ल्यायो ‘क्यास ब्याक’ योजना

२० भदौं, काठमाडौं । कुमारी बैंकले हरितालिका तीजलाई लक्षित गर्दै क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावालालाई लक्षित गरी तीज पर्वको अवसरमा क्यास ब्याक योजना सञ्चालन गरेको छ ।

कम्पनीले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहीहरुका खाताहरुबाट डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत रकम भूक्तानी गर्दा तिजको शुभकामना स्वरुप यहि भदौ २० देखि २६ गतेसम्म प्रत्येक दिन २५ जना सेवाग्राहीलाई १०० रुपैयाँको क्यास ब्याक योजना सञ्चालनमा ल्याएको हो ।

यस योजनाबाट सेवाग्राहीहरुको विद्युतीय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास लिएको पनि कम्पनीले जनाएको छ । कम्पनीले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग इकाईमार्फत ग्राहकलाई सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend