सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

भारतीय पर्यटकलाई सीमामा सहजता प्रदान गर्नसके पर्यटन क्षेत्रमा राम्रो गर्न सकिन्छः अध्यक्ष ढकाल

भारतीय पर्यटकलाई सीमामा सहजता प्रदान गर्नसके पर्यटन क्षेत्रमा राम्रो गर्न सकिन्छः अध्यक्ष ढकाल

१६ भदौं,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा रेमिट्यान्सहरु बढेको र विदेशी मुद्रा सञ्चिती पनि बढेको बताउनु भएको छ । आईतवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभामा बोल्दै ढकालले यस्तो बताउनु भएको हो ।

उहाँले मौद्रिक नीतिपछि शेयर बजार बढिरहेको र घर–जग्गाको कारोबार बढेको बताउँदै अर्थतन्त्र सकारात्मक हिसावले अघि बढिरहेको बताउनु भयो । उहाँले सबै मिलेर यसलाई दिगो बनाउनुपर्ने बताउनु भयो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय शतर्कता केन्द्रले अनुगमन गर्ने गरी सरकार अघि बढे अर्थतन्त्र चलायमान बन्न नसक्ने उहाँको भनाई छ ।

निजी क्षेत्रको अनुगमन र निरीक्षण अख्तियार र शतर्कता केन्द्रले गर्दा अर्थतन्त्र चलायमान बन्न नसक्ने उहाँले ठोकुवा गर्नु भयो । त्यस्तो स्थिती बने निजी क्षेत्रले रोजगारीको क्षेत्र र उत्पादन वृद्धि गर्न नसक्ने स्थिति बन्ने उहाँले बताउनु भयो ।

उहाँले सीमाको कडाई गर्नुपर्ने कुरामा सरकारले बढी प्राथमिकता दिनुपर्ने बताउनु भयो । भारतीय पर्यटकलाई सीमामा सहजता प्रदान गर्नसके पर्यटन क्षेत्रमा पनि राम्रो गर्न सकिने उहाँको भनाई छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend