बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नबिल बैंकले ल्यायो ‘अटो लोन फाइनान्सिङ’ को विशेष योजना

नबिल बैंकले ल्यायो ‘अटो लोन फाइनान्सिङ’ को विशेष योजना

१२ भदौ,काठमाडौं । नबिल बैंकले अहिले भृकुटीमण्डपमा जारी रहेको ‘नाडा अटो शो २०२४’ लाई लक्षित गर्दै ‘अटो लोन फाइनान्सिङ’का लागि विशेष योजना सार्वजनिक गरेको छ। अटो मोबाइलको कुम्भमेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर यो योजना ल्याइएको बैंकले जनाएको छ।

बैंककाअनुसार यस योजनामा ५ वर्षका लागि ८.२५ प्रतिशत  र ७ वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरको आकर्षक प्रस्ताव  छ । यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकहरूलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मद्दत पुर्याउने बैंकको विश्वास छ ।

ग्राहकहरूको सुविधाका लागि नबिल बैंकले नाडा शोका क्रममा स्टल नम्बर ई१९ मा छुट्टै सेवा केन्द्र राखेको छ । शोमा सहभागी हुने ग्राहकहरूले गाडी छनोट गरी कर्जाको लागि अफर लेटर तुरुन्तै उपलब्ध गराइने बैंकले जनाएको छ ।

यसका अतिरिक्त, नबिल बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षित गर्न अन्य विभिन्न अफरहरू पनि प्रस्तुत गरेको छ । चाडपर्वको माहौललाई ध्यानमा राख्दै, नबिल बैंकले वित्तीय सहजता प्रदान गर्न र अटो मोबाइल खरिदको प्रक्रियालाई सरल बनाउन यो विशेष योजना सार्वजनिक गरेको हो ।

बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्याउदै आएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend