सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

ज्योति विकास बैंकका ग्राहकलाई लुगासुगा ट्रेडर्समा २२ प्रतिशत छुट

ज्योति विकास बैंकका ग्राहकलाई लुगासुगा ट्रेडर्समा २२ प्रतिशत छुट

१० भदौं, काठमाडौँ । काठमाडौंको पेप्सीकोलास्थित प्रख्यात क्लोदिङ स्टोर लुगासुगा ट्रेडर्समा ज्योति विकास बैंकका कर्मचारी तथा ग्राहकहरूले विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरूले उक्त स्टोरमा कपडा खरिद गर्दा २२ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

त्यसैगरी, बैंकले हालै मात्र काठमाडौंस्थित प्रख्यात ट्रयाङ्क्विटी स्पाका देशभर रहेका १७ वटै आउटलेटमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

साथै, ट्रयाङ्क्विटी वेलनेस कार्ड (टीडब्लूसी) धारक ज्योति विकास बैंकका ग्राहकहरूले ब्युटी सैलुन सेवाहरूमा ४० प्रतिशत छुट तथा स्पा, मसाज, स्टिम, साउना, जकुजीलगायतका अन्य सेवाहरूमा ६० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्ने अवसर पाउनेछन् ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशभरका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend