सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल बैंकको टीकापुर शाखाको भवन उद्घाटन

नेपाल बैंकको टीकापुर शाखाको भवन उद्घाटन

१० भदौं, काठमाडौँ । टीकापुर नगरपालीका वडा नं १ रारामार्गमा आफ्नै स्वामित्वको भवनबाट बैकिङ्ग कारोवार गर्ने गरीे भाद्र ०७ गते टीकापुर शाखाको विधिवत् समुद्घाटन भएको छ ।

नेपालको पहिलो बैंक समेत रहेको बैंकले देशैभरि रहेको आफ्नै जग्गामा आवश्यकताको आधारमा आफ्नै भवन निर्माण गरी कारोवार सञ्चालन गर्दै आएको छ । ग्राहकको आवश्यकतालाई मध्यनजर गरी निर्माण गरिएको ग्राहकमैत्री भवनबाट ग्राहकले सम्पूर्ण बैकिङ्ग कारोवार गर्न सक्नेछन् ।

हाल नेपालभर २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा सञ्चालन भैरहेको छ । बैंकले आधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्ने छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend