सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

अपी पावरले गर्यो लाभांश घोषणा

अपी पावरले गर्यो लाभांश घोषणा

९ भदौ, काठमाडौं । अपी पावर कम्पनीले लाभांश घोषणा गरेको छ। आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट ९.४७३७ प्रतिशत लाभांश कम्पनीको भदौ ७ गते बसेको संचालक समितिको बैठकले घोषणा गरेको हो।

कम्पनीले शेयरधनीहरुलाई ९ प्रतिशतका दरले बोनस सेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। याे लाभांश विद्युत नियमन आयोगको स्वीकृति र आगामी बस्ने कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend