बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेशनल लाइफ इन्स्योरेन्सको १४% लाभांश साधारणसभाबाट पारित

नेशनल लाइफ इन्स्योरेन्सको १४% लाभांश साधारणसभाबाट पारित

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 60?

७ भदौ , काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३६औं वार्षिक साधारणसभा बाट कम्पनीको हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको  छ ।

शुक्रबार लाजिम्पाट , काठमाडौंमा सम्पन्न भएको इन्स्योरेन्सको साधारणसभाले आर्थिक वर्ष (आव) २०७९/८० को वार्षिक एवं लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ।

सभाले आव २०७९/८० मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।सो अवसरमाकम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले आर्थिक वर्ष २०७९/०८० मा कम्पनीको सबै वित्तीय सूचाङ्कहरु उत्साहप्रद रहेको बताइन् ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउनु पर्ने वाध्यात्मक व्यवस्था गरेकोमा चार प्रतिशतको वोनस शेयर थप भई कम्पनीको कुल चुक्तापूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार८२ रुपैयाँ पुगेको छ ।

कम्पनीका अनुसार  आर्थिक वर्ष २०७९/०८० मा कम्पनीको कुल बीमाशुल्क  १६.६६ प्रतिशतले वृद्धि भई १ हजार ६८०.९० करोड रुपैयाँ पुगेको छ । समीक्षा आर्थिक वर्षमा  सञ्चालनवाट जम्मा ९३१.८३ करोड रुपैयाँ खुद थप रकम कुल बीमा करार दायित्वमा सारिएको छ र कुल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले वृद्धि भई वर्षान्तमा ६ हजार ५४०.४० करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल लगानी १५.७२ प्रतिशतले वृद्धि भएर ४ हजार ९७८.२० करोड रुपैयाँ पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । त्यस्तै ,कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर  आव २०७९/०८० मा ९.४५ प्रतिशत कायम छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend