नवलपरासी– महानायक राजेश हमालले विपन्न परिवारलाई करोडौको जग्गा दान गरेका छन् । हमालको ६० वर्ष अघिदेखि नवलपरासीमा रहेको पुर्ख्यौली घरमा सेवा गरिरहेका ४ विपन्न परिवारलाई देवचुली नगरपालिका २ मा रहेको २ करोड मूल्य बराबरको जग्गा प्रदान गरिएको वडाध्यक्ष माधव केसीले जानकारी दिए। उनका अनुसार तुल्सी विकले २ कठ्ठा, विष्णु मर्द्निया, असमिया थारु र मन कुमारी घर्तीको परिवारले १० र १० धुर जग्गा पाएका छन् । मालपोत कार्यालयबाट जग्गा पास गराउन राजेश भाई राकेश हमाल र सहयोगी सहित नवलपरासी आएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend