बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

राष्ट्र बैंकद्वारा वर्तमान आर्थिक र वित्तीय विवरण सार्वजनिक

राष्ट्र बैंकद्वारा वर्तमान आर्थिक र वित्तीय विवरण सार्वजनिक

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 60?

२ भदौ , काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विदेशी मुद्रा सञ्चिति २० खर्ब नाघेको छ ।  यो १३ महिनाको आयात धान्न पुग्ने छ । गत आर्थिक वर्षमा आयात १.२ प्रतिशत र निर्यात ३.० प्रतिशतले घटेको छ ।  एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।गत आर्थिक वर्षमा शोधनान्तर बचत पनि ५ खर्ब नाघेको छ ।

 प्रमुख आर्थिक र वित्तीय सूचक यस्ता छन् :

  • वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत छ ।आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो ।
  •  शोधनान्तर स्थिति ५०२ अर्ब ४९ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २८५ अर्ब ८२ करोडले बचतमा थियो ।
  • विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ ।
  •  कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
  • २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप ६४ खर्ब ५२ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा ५० खर्ब ७४ अर्ब पुगेको छ ।
  •  विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend