काठमाडौं । लायन्स क्लब अफ काठमाडौं चाबहिलको रजत वर्ष समारोह सम्पन्न भएको छ । सो समारोहमा क्लबले चाबहिल क्षेत्रमा बसोबास गर्दै समाजका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने २५ जना व्यक्तित्वलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्व राष्ट्रपति डा. रामवरण यादवले वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दासलाई विशेष सम्मान (लाईफटाईम एचिभमेन्ट) तथा प्रमाणपत्र प्रदान गरे । प्रमुख अतिथि पूर्व राष्ट्रपति डा. यादवले सम्मानित व्यक्तिहरुलाई बधाई तथा शुभकामना दिँदै नयाँ पुस्ताले पुराना पुस्ताबाट सिक्दै मुलुकका लागि योगदान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्व प्रधानन्यायाधीशहरु सुरेन्द्रप्रसाद सिंह, केशवप्रसाद उपाध्याय, कलाकार हरिप्रसाद शर्मा, विमा समितिका पूर्व अध्यक्ष माधवप्रसाद उपाध्याय, वरिष्ठ साहित्यकारहरु यादव खरेल, कणाद महर्षी, भैरवनाथ रिमाल कदम, ज्ञानुवाकर पौडेल, राजनीतिज्ञहरु लक्ष्मणप्रसाद घिमिरे, नवराज सुवेदी, लोकेश ढकाल, पूर्व सेनापति प्यारजंग थापा, पत्रकारहरु आदित्यमान श्रेष्ठ, राजेश खनाल, आयुर्वेदिक चिकित्सक डा. कादम्बरी आचार्य, शिक्षाविद् डा. विद्यानाथ कोइराला, ई. ध्रुवराज थापा, डा. सुवर्णमणि आचार्य, डा. रमेशकुमार ढुंगेल, समाजसेवीहरु शिवराम प्रधान, सुधा शर्मा, श्रीहरि श्रेष्ठ, संगीतकार शुभबहादुर सुनाम, गणेशराज कार्की, लक्ष्मणप्रसाद अधिकारीलाई सम्मानित गरिएको थियो ।
लायन्स क्लब अफ काठमाडौं चाबहिलका अध्यक्ष लायन सुमित्रा दंगालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रदेश सभासद नरोत्तम वैद्य, डा. गौरीशंकरलाल दास, यादव खरेल, खगेन्द्र सिटौला, डी.आर. खनाल, सुदर्शनधर प्रधानाङ्ग, शान्ति बैद्य लगायतले मन्तव्य राखेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend