बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

वैदेशिक रोजगारीमा श्रमिकको सबै खर्च रोजगारदाताबाटै लिने व्यवस्था गर्न सुझाव

वैदेशिक रोजगारीमा श्रमिकको सबै खर्च रोजगारदाताबाटै लिने व्यवस्था गर्न सुझाव

२९ साउन , काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि कुनै आर्थिक भार नपार्ने नीति लिन श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन गठित विज्ञ समितिले सरकारलाई सिफारिस गरेको छ । समितिले  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई  बुझाएको मस्यौदा नीतिमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सबै खर्च रोजगारदाताबाटै लिने गरी व्यवस्था गर्न सुझाव दिइएको हो ।

डा. गणेश गुरुङ नेतृत्वको विज्ञ समितिले वैदेशिक रोजगार प्रक्रियामा ‘इम्प्लोयर पे’ मोडलको विस्तार प्रभावकारी कार्यान्वयन हुने नीति बनाउनुपर्ने सुझाव दिएको छ । आइतबार (२७ साउन ) श्रममन्त्री भण्डारीलाई बुझाएको प्रतिवेदनमा स्वच्छ र न्यायोचित भर्ना प्रक्रिया अवलम्बन गर्ने नीति लिन र श्रमिकमाथि कुनै पनि आर्थिक भार नपार्ने नीति लिन सुझाव दिइएको हो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend