काठमाडौं । यस वर्षको ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि काठमाडौँकी आस्माकुमारी केसीले जितेकी छन् ।
साउन १९ गते शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न ग्राण्ड फिनालेमा २६ जना प्रतियोगीलाई पछि पार्दै आस्मा ‘मिस नेपाल वर्ल्ड २०२४’ को विजेता हुन सफल भएकी हुन। फिनालेमा उनलाई ‘मिस नेपाल वर्ल्ड २०२३’ की विजेता श्रृच्छा प्रधानले ताज पहिराइदिएकी हुन।

आस्माले मिस नेपाल वर्ल्डको ताज पहिरिँदै गर्दा यता मिस नेपाल अर्थको ताज सुमन केसीले र मिस नेपाल इन्टरनेसनलको ताज भने करुणा रावतले पहिरिएका छन्। तीन जना विजेता प्राप्त गरेसँगै देशले २०२४ को मिस नेपालहरू पाएको छ।
५ फिट ५ इन्च अग्ली ‘मिस नेपाल वर्ल्ड २०२४’ आस्मा कुमारी केसी काठमाडौं निवासी हुन् । माइतीघरस्थित सेन्ट जेभियर्स कलेजबाट सोसल वर्कमा स्नातक गरेकी आस्मा २६ वर्षकी भइन्। उनले मिस नेपालको टाइटल सँगसँगै ‘बर्जर मिस सिल्क २०२४’ को सब टाइटल पनि हात पारेकी छन्। आस्मा उद्यमी हुन। उनको अनलाइन स्टोर छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend