बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

वरिष्ठ पत्रकार रिसालको ९७ औं जन्मदिनको अवसर पारेर तीन वटा कृति सार्वजनिक

वरिष्ठ पत्रकार रिसालको ९७ औं जन्मदिनको अवसर पारेर तीन वटा कृति सार्वजनिक

२७ साउन, काठमाडौँ। वरिष्ठ पत्रकार भैरव रिसालको ९७ औं जन्मदिनको अवसर पारेर तीन वटा कृति सार्वजनिक भएका छन् । वरिष्ठ पत्रकार रिसालका विभिन्न पत्रपत्रिकामा प्रकाशित लेख रचनाहरुको संग्रह ‘भैरव रिसालका छानिएका रचना —२’ शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक भएको हो । त्यसैगरी थप दुई कृति ‘वितेका कुरा’ र ‘अविश्रान्त भैरव’ पनि सो अवसरमा सार्वजनिक गरिएको थियो ।

पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै विभिन्न व्यक्तित्वहरुले ९७ वर्षको उमेरमा रिसालको यो ऊर्जाको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रिसालले छविलाई बेदाग राखेर बहुमूल्य जिन्दगी बाँचेको बताउनु भयो ।

कार्यक्रममा सय बर्ष पूरा गरेका डा गौरिशंकर लाल दास, टंकप्रसाद आचार्य प्रतिष्ठानका अध्यक्ष सुशिल प्याकुरेल, कर्ण शाक्य,जगत उपाध्याय लगायतले रिसालको सक्रियताको प्रशंसा गर्नु भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend