बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षाका लागी दरखास्त दिने मिति तोकियो

शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षाका लागी दरखास्त दिने मिति तोकियो

फाइल तस्बिर
२६ साउन, काठमाडौँ । माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन शिक्षक सेवा आयोगले गरेको छ। आज शनिबार शिक्षक सेवा आयोगले विज्ञापन प्रकाशित गरेको हो। भदौ २३ गतेसम्म दरखास्त दिने मिति तोकिएको छ भने दोब्बर दस्तुर बुझाई दरखास्त दिने मिति भदौ ३० सम्म रहेको आयोगको सूचनामा उल्लेख छ। परीक्षा शुल्क एक हजार रुपैयाँ तोकिएको छ।

अध्यापन अनुमतिका लागि सम्बन्धित विषयमा स्नातक तह वा सोसरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा दसमहिने तालिम लिएको हुनुपर्नेछ। साथै विज्ञान, गणित, अंग्रेजी, लेखा, कम्प्युटर, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, पशुपालन वा बाली विज्ञान विषयमा स्नातक गरेका व्यक्तिले तालिम नलिए पनि माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा उम्मेदवार हुन सक्नेछ।

योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइनमार्फत दरखास्त दिनुपर्ने आयोगको सूचनामा उल्लेख छ। परीक्षा सञ्चालन कात्तिक १० गते हुनेछ। परीक्षा एकै दिन हुने भएकाले एक व्यक्तिले एक प्रदेशभन्दा बढी प्रदेशबाट दरखास्त दिन पाउने छैनन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend