२४ साउन, ललितपुर । ललितपुर महानगर पालिकाका नगर प्रहरीका काम,कारवाही समेटेर “तस्बिरमा नगर प्रहरी” नामक पुस्तक सार्वजनिक गरिएको छ। बिहीबार ललितपुरमा आयोजित समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन सहितका व्यक्तित्वहरुले उक्त पुस्तकको विमोचन गरेका हुन् ।
विमोचन कार्यक्रममा बोल्दै नगर प्रमुख महर्जनले ललितपुर महानगरपालिकाले लिएका धेरै नीतिहरुमध्ये सम्पदा क्षेत्रको संरक्षणको नीति प्राथमिकताका साथ अघि बढाएको बताए ।
उनले सम्पदा संरक्षणमा कुनै सम्झौता नहुने पनि बताए । उनले सम्पदा संरक्षणमा कुनै कमजोरी नगरी महानगरले काम गरिरहेको जिकिर गरे । ललितपुर महानगर क्षेत्रभित्र रहेको सम्पूर्ण सम्पदाहरूलाई सम्मान गरेर आफूहरू संरक्षणमा जुटेको पनि उनले बताए ।
उनले सम्पदाको क्षेत्रमा महानगरले कायापलट हुने गरी काम गरेको दाबी गरे । रातो मत्स्येन्द्रनाथको प्रचारप्रसारका लागि महानगरले यस वर्ष उल्लेख्य काम गरेको पनि बताए ।
प्रमुख महर्जनले महानगरभित्र अवैधानिक रूपमा गर्ने क्रियाकलापहरूलाई बन्द गर्न महानगर प्रहरीले सशक्त भएर काम गर्ने विश्वास लिएको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend