सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बंगलादेशमा अर्थशास्त्री मोहम्मद युनुस अन्तरिम सरकार प्रमुखमा नियुक्त

बंगलादेशमा अर्थशास्त्री मोहम्मद युनुस अन्तरिम सरकार प्रमुखमा नियुक्त

२३ साउन , काठमाडौं । नागरिक विद्रोहको कारण  बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले सत्ता छाडेपछि   अर्थशास्त्री तथा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस खाँ अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् ।

सरकारी सेवामा  आरक्षणको बिरोधमा भएको विद्यार्थीहरुले नेतृत्व गरेको  आन्दोलनको कारण प्रधानमन्त्री शेख हसिनाले देश छोडेर भागेपछिको नयाँ परिस्थितिमा मंगलबार राति मोहम्मद युनुसलाई प्रधानमन्त्री नियुक्त गरिएको हो। मंगलबार नै त्यहाँको संसद पनि विघटन गरिएको थियो । यो प्रक्रियामा त्यहाँको सेनाले सहजीकरण गरेको छ।

राष्ट्रपति मोहम्मद शहाबुद्दीनले उनलाई मंगलबार राती सरकार  प्रमुखमा  नियुक्त गरेका हुन् ।  संसद् विघटन गरेको केही घण्टापछि  युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको बीबीसी ले बताएको छ ।यसैगरी,उनी अन्तरिम सरकारमा नियुक्त भएको समाचार बंगलादेशको समाचार अनलाइन न्यूएज ले पनि पुष्टि गरेको छ।

यसअघि विभेद विरोधी विद्यार्थी आन्दोलनका आयोजकहरूले बरिष्ठ अर्थशास्त्री तथा लघुवित्तका पिता ८३ वर्षीय मोहमद यूनुस खाँलाई अन्तरिम सरकारमा नेतृत्व दिन माग गरेका थिए ।

यसबारे राष्ट्रपतिका प्रेस सचिव जोनाल आबेदिनले अन्तरिम सरकारका बाँकी सदस्यबारे राजनीतिक दल र अन्य सरोकारवालासँगको छलफलपछि टुङ्गो लाग्ने बताएका छन् ।पेरिस भ्रमणमा रहेका यूनुस भ्रमण छोट्याएर  राती  नै स्वदेश  फर्किएका छन् ।

यसअघि युनुसको कार्यालयले अन्तरिम सरकारको नेतृत्व गर्ने प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको थियो ।एजेन्सीहरु

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend