बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

आजदेखि एसइईको पुरक परीक्षा शुरु हुँदै

आजदेखि एसइईको पुरक परीक्षा शुरु हुँदै

२३ साउन, काठमाडौँ । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुरक परीक्षा शुरु हुँदैछ । यसअघि उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको हो । परीक्षा बिहान ११ बजेदेखि शुरु हुनेछ । परीक्षामा दुई लाख १० हजार विद्यार्थी सहभागी हुनेछन् ।

देशभर पाँच सय ५० केन्द्र निर्धारण गरिएको छ । परीक्षा साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । नतिजा असोजको पहिलो हप्ता भित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend