सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

बीमाको पहुँच बढाउन सके स्थानीय तहलाई पनि विपद्का बेला आर्थिक भार पर्दैनः सिलवाल

बीमाको पहुँच बढाउन सके स्थानीय तहलाई पनि विपद्का बेला आर्थिक भार पर्दैनः सिलवाल

२१ साउन, काठमाडौं ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल सरकारको बीमा सम्बन्धी सल्लाहकार समेत रहेको नेपाल बीमा प्राधिकरण प्रदेश सरकार र स्थानीय सरकारलाई बीमा सम्बन्धी नीतिगत सल्लाह एवम् सुझाव दिन तयार रहेको बताएका छन । सिलवालले नेपाल बीमा प्राधिकरणको आयोजनामा आज विराटनगरमा विराटनगर महानगरपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम सो कुरा बताएका हुन ।

अध्यक्ष सिलवालले स्थानीय सरकारले अनुदानका लागि छुट्याउने बजेटबाट गरीव तथा न्यून आय भएका बर्गको बीमा गरिदिने व्यवस्था गरेमा बीमामार्फत लक्षित बर्गलाई दीर्घकालीन रुपमा फाइदा हुने र स्थानीय तहलाई पनि विपद्का बेला आर्थिक भार नपर्ने बताए ।

अध्यक्ष सिलवालले महानगरपालिकालाई आफ्ना भवन तथा सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्न आग्रह गर्दै त्यसबाट नागरिकहरुलाई पनि घर तथा सम्पत्तिको बीमा गर्न प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले प्राधिकरणका काम कारवाही, बीमाको महत्व, बीमा गर्ने विधि, दावी भुक्तानी प्रक्रिया र बीमा क्षेत्रको विकास एवम् विस्तारमा स्थानीय तहको भुमिका सम्बन्धी प्रस्तुती गरेका थिए ।
सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि नेपाल बीमा प्राधिकरणसँग सहकार्य गर्न महानगरपालिका तयार रहेको बताए । प्रमुख कोइरालाले अन्तर्राष्ट्रियस्तरमा विकसित बीमा सम्बन्धी नवीनतम् प्रविधि र अभ्यास नेपालमा पनि भित्र्याउनुपर्ने आवश्यकता औंल्याए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend