सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

राष्ट्रिय बीमा कम्पनीको ११औं वार्षिक उत्सव सम्पन्न

राष्ट्रिय बीमा कम्पनीको ११औं वार्षिक उत्सव सम्पन्न

१९ साउनः,काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले ११ औँ वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न गरेको छ । काठमाडौंमा शुक्रवार एक कार्यक्रम आयोजना गरी कम्पनीले ११ औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न गरेको हो ।

वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बार–बार ताकेता गर्दा पनि चुक्ता पूँजी वृद्धिमा कुनै पनि कार्य नगरेका कारण कम्पनीको पोर्टफोलियो नै रोकिदिने चेतावनी दिएका थिए ।

सरकारी कम्पनी भनेर प्रोत्साहन दिदै गरेको भएर पनि सरकारी कम्पनीको नै ब्यवसाय खस्किदै गएको सिलवालले बताए । बीमाका कुनै पनि कुरा हावा तालमा नरहेको र नियामकले पनि सम्पुर्ण कुराको अध्ययन गरेर मात्र निर्देशिका जारी गर्ने गरेको सिलवालको भनाइ रहेको थियो ।

नेपाल बीमा कम्पनीको ११ वर्षमा पुग्दा समेत वित्तीय बिबरण पनि पारित हुन ११ वर्षकै बाँकी रहनु दुखत विषय रहेको उनले बताए । ‘नेपाल बीमा कम्पनी स्थापना भएको ११ वर्ष भइसकेको छ । ११ वर्ष पुग्दा समेत ११ वर्षकै वित्तीय विवरण पारित गर्ने बाँकी छ’ उनले भने, ‘यस अवधीमा कुनै पनी नयाँ बीमालेख पनि ल्याएको छैन । काठमाडौँमा मात्र व्यवसाय केन्द्रित रहेको छ । अब अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्नु पर्ने आवश्यक रहेको छ ।’

कम्पनीका कर्मचारीले उठाएका जाएज माग सम्बोधन हुनुपर्ने उनको भनाइ थियो । राष्ट्रिय बीमा कम्पनी ब्यवसाय निकै कमजोर अवस्थामा रहेको बताउँदै दुख व्यक्त गरे । शाखा बिस्तारमा जोड दिन समेत निर्देशन उनले निर्देशन दिए ।

सोही कार्यक्रममा स्वागत मन्तव्य दिदैं कम्पनीका कार्यकारी अधिकृत डा शिवहरी श्रेष्ठले अब छिट्टै बीमा प्राधिकरणको निर्देशन बमोजिम चुक्ता पुँजी पुराउन लागेको बताएका छन् ।
कर्मचारी सन्चयकोष, नेपाल बैक, नेपाल राष्ट्र बैक र नेपाल सरकारको सहयोगमा प्राधिकरणको निर्देशन बमोजिम चुक्ता पुजि पुर्याउने तयारी रहेको श्रेष्ठले बताए । कम्पनीले अबको २ वर्ष भित्र आफ्नै कार्यालय निर्माण गरेर काम संचालन गर्ने योजना समेत रहेको उनको भनाइ रहेको थियो । उनले भने, कम्पनीको चुक्तापुँजी चाडै पुग्दैछ । हामी अबको २ वर्ष भित्र आफ्नै कार्यलय समेत संचालनमा ल्याउने योजनामा छौं ।

श्रेष्ठले कम्पनीको मुख्य चुनौति अहिले चुक्तापुँजी र अडिट रहेको बताए । कम्पनीले लेखापरीक्षणको लागि लेखापरीक्षकको सहयोग समेत लिने तयारी गरेको उनको भनाइ थियो । कार्यक्रमको सभापतित्व कम्पनी सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्याय, प्रमुख अतिथीमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारी, नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा लगायतका अतिथी, सर्भेयर संघ, कर्मचारी लगायतका मानिसहरुको उपस्थितीमा वार्षिक उत्सव सम्पन्न भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend