सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जलवायु परिवर्तन तथा स्वास्थ्यसम्बन्धी दुईदिने सम्मेलन

जलवायु परिवर्तन तथा स्वास्थ्यसम्बन्धी दुईदिने सम्मेलन

१८ साउन, काठमाडौं । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नतिजामुखी काम गर्नुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले बताएका छन्।

मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) सँग समन्वय गरी बिहिवार आयोजना गरेको राष्ट्रिय स्तरको जलवायु परिवर्तन तथा स्वास्थ्यसम्बन्धी दुईदिने सम्मेलनको उद्घाटन सत्रमा सचिव डा पोखरेलले यस्तो बताएका हुन । उनले जलवायु परिवर्तनले पारेका असरहरूबारे चर्चा भए पनि कसरी न्यूनीकरण गर्ने, कुन तरिकाले जाने त्यो सोचनीय विषय रहेको उल्लेख गरे ।

मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा चुमनलाल दासले जलवायु परिवर्तको असर रोक्न स्वास्थ्य मन्त्रालयले मात्र गर्न सम्भव नरहेको र सबैको समन्वय आवश्यक रहेको बताए।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता कौशल मिश्राले जलवायु परिवर्तनले विभिन्न आयाममा असर पारे पनि मुख्यतः सामाजिक, स्वास्थ्य र आर्थिक क्षेत्रमा असर पारिरहेको बताए।

सम्मेलनले जलवायु परिवर्तन तथा स्वास्थ्यसम्बन्धी चुनौती र विकासका बारेमा सचेतना जगाउने, जलवायु परिवर्तन तथा स्वास्थ्यसम्बन्धी अनुसन्धानका निष्कर्ष र भविष्यमा हुने अनुसन्धानका कार्यक्रमबारे जानकारी गराउने लगायत सञ्जाललाई बलियो बनाउने र दिगो तथा न्यून–कार्बन उत्सर्जन गर्ने स्वास्थ्य प्रणाली निर्माणका लागि प्रयास गर्नेछ।हिजोदेखि सुरु भएको राष्ट्रिय स्तरको जलवायु परिवर्तन तथा स्वास्थ्यसम्बन्धी दुईदिने सम्मेलन आज बेलुका समापन हुदै छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend