सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

युवालाई रोजगारी सिर्जना गर्नेकुरामा बहस गरौंः मन्त्री चौधरी

युवालाई रोजगारी सिर्जना गर्नेकुरामा बहस गरौंः मन्त्री चौधरी

१७ साउन,काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वर्षमा एकदिन मनाएर मात्रै युवा दिवस सफल नहुने बताएका छन । अन्तर्राष्ट्रिय युवा दिवस २०२४ को मुल समारोह समितिको बैठकमा बोल्दै बिहीबार सिंहदरबारमा उनले यस्तो बताएका हुन । उनले युवा दिवस सफल बनाउन स्वदेशमै युवाका लागि रोजगारी र उत्पादनमुलक क्षेत्र निर्माण गर्न सक्नुपर्ने जानकारी दिए ।

मन्त्री चौधरीले देशका युवाहरु नेपालमै बस्ने योग्य बनाउन नसकेसम्म युवा दिवस मनाउनुको औचित्य नहुने बताए । युवालाई रोजगारी सिर्जना गर्नेकुरामा बहस गर्नुपर्ने उनको भनाई छ ।

‘‘अहिले २५ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहेका छौँ । अर्को पटक २६ औं मनाउँछौँ । हामी यो युवा दिवस युवा तथा खेलकुद मन्त्रालयमा ३६१ जना बसेर होइन की थोरै मान्छे बसेर भव्यसभ्य कहिले पनि हुँदैन । तपाईं र हाम्रा देशका युवाहरु जबसम्म नेपालमै बस्ने योग्य बनाउँदैनौँ, हाम्रा युवालाई रोजगारी सिर्जना गर्नसक्नुहुन्न, बहस र छलफलमा अघि बढाउन सक्नुहुन्न, तबसम्म राम्रो हुँदैन ।,’’ मन्त्री चौधरीले भने, ‘‘धेरे बालबालिकाहरु अहिले पनि पढ्न सकेका छैनन् । हामी २५ युवा दिवस मनाइरहेका छौँ । हामी युवा दिवस मनाउँ, भव्य र सभ्य रुपमा । आजदेखि प्रण गरौँ, नेपालमै कसरी रोजगारी, उत्पादन बढाउनसक्ने बहस अघि बढाऔँ । वर्षमा एकदिन मनाएर, चिया खाएर युवा दिवस सफल हुँदैन ।’’

मन्त्री चौधरीले युवा दिवस युवा तथा खेलकुद मन्त्रालयमा ३६१ जना बसेर सभ्य, भव्य नहुने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend