बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत , स्थायी कमिटी सदस्यहरु लगायतमा नियुक्ति

एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत , स्थायी कमिटी सदस्यहरु लगायतमा नियुक्ति

१७ साउन ,काठमाडौँ । नेकपा एमालेको आज बिहीबार बसेको  सचिवालय बैठकले गुरु बराललाई उपाध्यक्ष पदमा मनोनयन गर्ने निर्णय गरेको छ । महासचिव शङ्कर पोखरेलका अनुसार रिक्त उपाध्यक्ष पदमा बराललाई मनोनीत गर्ने निर्णय भएको हो ।उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि सो पद रिक्त रहेकामा हाल आएर पूर्ति गरिएको हो ।

यसैगरी एमालेले दुुई  जना नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्ने निर्णय गरेको छ। बैठकले मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय गरेको हो । श्रेष्ठ हाल पार्टीको मधेस प्रदेशका पोलिटब्युरो सदस्य रहेकामा एमालेले स्थायी कमिटी सदस्य बनाएको हो । न्यौपाने केही अघि नेकपा एकीकृत समाजवादी परित्याग गरेर एमालेमै फर्किएका थिए । माधव नेपालको साथ छाडेर पुरानै घर फर्किएका उनलाई एमालेले स्थायी कमिटीमा ल्याएर सो पद उपहार दिएको हो ।

सचिवालय बैठकले  प्रदेश इन्चार्जहरु पनि तोकेको छ ।  कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई तोकेको छ । यसअघि एमालेले फरक भूगोलमा नेताहरुको जिम्मेवारी दिएकोमा त्यसलाई परिवर्तन गर्दै अहिले भूगोलका आधारमा प्रदेश इन्चार्ज बनाएको हो ।

बिहीबारको बैठकले १७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । केन्द्रीय सदस्यमा मनोनीत हुनेमा सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सुनसरी), रामपृत राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम),गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर) छन् ।

त्यसैगरी सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) रहेका छन् । त्यसैगरी एमालेले निर्वाचन आयोगमा अमनसिंह तामाङ (सिन्धुपाल्चोक), झवी पोखरेल (कपिलवस्तु),नर्मदा भण्डारी (गुल्मी), रत्ना गुरुङ (काठमाडौँ) कमला केसी (कैलाली) पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । यसैगरी मायानाथ अधिकारी अनुशासन आयोगको सदस्यमा मनोनीत भएका छन् ।

एमालेले सल्लाहकार परिषद् सदस्यमा पनि नेताहरूलाई मनोनयन गरेको छ । जसमा कुलानन्द गिरी (रोल्पा), महेन्द्र थापा (रोल्पा), पिएल श्रेष्ठ (तनहुँ), शिवचन्द्र कुशहवा (बारा), रामप्रित पासवान (सप्तरी), एकवाल मियाँ (कपिलवस्तु), डा. गोपाल खनाल (नवलपुर),खालित हुसेन हक (सुनसरी) मनोनीत भएका छन् । सोही पदम हरि रिजाल (प्युठान), प्रेमबहादुर सिंह (कालिकोट), कृष्णप्रसाद दाहाल (मकवानपुर), बिनु ढकाल (मोरङ), सानु श्रेष्ठ (बागमती) सिर्जना शर्मा (गण्डकी), प्रदीप भण्डारी (कोसी),अर्जुनबहादुर थापा (सुदूरपश्चिम), श्याम ढकाल (बर्दिया), नारायण मरासिनी (स्याङ्जा),धनेन्द्र घिमिरे (पाल्पा), नन्दलाल रोकाया (बाँके),जनक पौडेल (बागलुङ), मेघनाथ सुवेदी (पर्वत), नारायण मलासी (डोटी),सुवासचन्द्र ठकुरी (मकवानपुर) पनि मनोनीत भएका छन् ।

यस्तै, शान्तकुमार ओली (रोल्पा), विना ज्ञवाली (बर्दिया),हरि पोखरेल (खोटाङ), कवीन्द्र शेखर रिमाल (काठमाडौँ), सर्वध्वाज सावा लिम्बु (सुनसरी), गणेशसिंह धामी (दार्चुला), नन्द केशर ढकाल (रुपन्देही), लक्ष्मी प्रसाद जोशी (डडेलधुरा), रामहरी सुवेदी (काभ्रे),सरस्वती पाटी (भक्तपुर)लगायतलाई परिषद् सदस्यमा मनोनीत गरिएको महासचिव पोखरेलले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend