सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पाणिनी बहुमुखी क्याम्पसको पूर्वबिद्यार्थी समाजको अध्यक्षमा चौहान

पाणिनी बहुमुखी क्याम्पसको पूर्वबिद्यार्थी समाजको अध्यक्षमा चौहान

  • शुक्रबार, १० फाल्गुन २०७५

अर्घाखाँची । अर्घाखाँचीको एक मात्र पुरानो पाणिनी बहुमुखी क्याम्पसमा अध्ययन गरेका पूर्वबिद्यार्थीहरुको सक्रियतामा पाणिनी बहुमुखी क्याम्पस पूर्वबिधार्थी समाज गठन भएको छ । आज बसेको समाजको बृहत भेलाले तत्कालिन नेकपा एमालेका जिल्ला कमिटी सचिव रामबहादुर चौहानलाई सर्वसम्वत रुपमा अध्यक्ष चयन गरेको हो । नवगठित समाजका अध्यक्ष चौहान सोही क्याम्पसका पूर्वबिद्यार्थी, एबम पूर्वस्ववियू सभापति हुन् ।

जिल्लाकै पुरानो क्याम्पसलाई देशकै नमुना शैक्षिक संस्थाको रुपमा चिनाउन समाज गठन गरिएको नवगठित समाजका अध्यक्ष चौहानले बताए । अध्यक्ष चौहानले जिल्लाको एक मात्र अस्पताललाई नमुना बनाए जस्तै शैक्षिक क्षेत्रमा पनि नमुनाको रुपमा क्याम्सलाई स्थापित गरेर देखाउने बताए ।

हाल सात सदस्य कमिटी रहेको समाज पछि २५ सदस्यीय बनाईने चौहानले जानकारी दिए । साथै चौहान अर्घाखाँची अस्पताल बिकास समितिका पुर्ब अध्यक्ष उदीयमान जनजागृती क्लबका संरक्षक, जिल्ला सामुदायिक प्रहरीका अध्यक्ष समेत हुन् । चौहानलाई जिल्लाकै त्यागी समाज सेवी एबम राजनितीक व्यक्तित्वकोे रुपमा लिने गरिन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend