बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

यसै साता कक्षा १२ को नतिजा प्रकाशन हुने

यसै साता कक्षा १२ को नतिजा प्रकाशन हुने

१६ साउन, काठमाडौँ । यसै साता कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षाफल बोर्डको क्यालेन्डरअनुसार नै प्रकाशित हुने बताएका हुन्।

उनले भने, ‘हाम्रो क्यालेन्डरमा साउन तेस्रो साता परीक्षाफल प्रकाशित हुने व्यवस्था छ। हामी क्यालेन्डरअनुसार नतिजा प्रकाशित गर्ने तयारीमा छौँ।’

वैशाख १४ गतेदेखि भएको परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए। बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन्। ग्रेडवृद्धितर्फका १ लाख ६ सय ५० विद्यार्थी सहभागी भएका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend