आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

एन आर एन ए क्यानाडाको १७ औ साधारण सभा एक भब्य कार्यक्रमका बीच सम्पन्न

एन आर एन ए क्यानाडाको १७ औ साधारण सभा एक भब्य कार्यक्रमका बीच सम्पन्न

१२ साउन, काठमाडौं । क्यानाडाको सुन्दर शहर क्यालगरीमा एन आर एन ए क्यानाडाको १७ औ साधारण सभा एक भब्य कार्यक्रमका बीच गत जुलाई २० तारिखका दिन सम्पन्न भयो। एन आर एन ए क्यानाडाको आयोजनामा सम्पन्न भएको सो साधारण सभाको उद्घाटन सत्रका प्रमुख अतिति हुनु हुन्थ्यो, क्यानाडा स्थित नेपाली राजदुत भरतराज पौडेल। कार्यक्रममा बिशेष अतिथिको रुपमा सहभागी थिईन, त्यहाको कला, संस्कृति र महिला मन्त्री तान्या फिर। कार्यक्रममा क्यानाडाका संघीय साम्सद जियोर्गे चाहल, मनिंदर सिधुको समेत बिशेष उपस्थिति रहेको थियो।

कार्यक्रमा राजदुत पौडेलले नेपालको बिकासका निम्ति हातेमालो गर्न क्यानाडा पक्षलाई कार्यक्रममार्फत अनुरोध गर्नु भयो। नेपाल पर्यटकीय हिसाबले बिश्व मै अनुपम रहेकोले नेपालको पर्यटन क्षेत्रको नजिकबाट अबलोकन गर्न कार्यक्रममा उपस्थित मंत्री तान्या फिर र साम्सदहरु, जर्ज चाहल, मनिंदर सिधुलाई राजदुत पौडेलले बिशेष आमन्त्रण गर्नु भयो। मंत्री तान्याले नेपालको बिकासमा क्यानाडा निरन्तर सहभागी भै रहने बचनबद्दता व्यक्त गर्नु भयो। कार्यक्रमा एन आर एन ए क्यानाडाका पूर्व अध्यक्षहरु दिपक गौतम र बिनोद के सी, सस्थाका बर्तमान एबम पूर्व पदाधिकारीहरु, क्यानाडामा क्रियाशील विभिन्न नेपाली सघ सस्थाका प्रतिनिधिहरु तथा पदाधिकारीहरु, क्यानाडामा बिभिन्न पेसा व्यवसायमा संलग्न नेपालीहरुको भब्य उपस्थिति रहेको थियो। कार्यक्रम क्यालगरी स्थित होटेल र्याडिसनमा सम्पन्न भएको थियो ।

एन आर एन ए क्यानाडाका सभापति प्रज्वल कार्कीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमको दोश्रो सत्रमा संगठानात्मक प्रतिबेदन सस्थाकी महासचिब चन्दा अधिकारीले प्रस्तुत गर्नु भयो। एक बर्षको कार्यकालको उपलब्धि, सस्थागत क्रियाकलापहरु, भाबी कार्यक्रम लगायतका बिषय बस्तुहरु महासचिवको प्रतिबेदनमा उल्लेख गरिएको थियो। त्यसैगरी आर्थिक प्रतिबेदन कोषाध्यक्ष बिद्या भुषण कार्कीले प्रस्तुत गर्नु भएको थियो। बाई ल कमिटीले प्रस्तुत गरेका बिभिन्न बुदाहरु मध्ये २० ओटा बुदाहरुलाई कार्यक्रमको बन्द सत्रमा सर्बसम्मतिले पास गरिएको अध्यक्ष दुलालले जानकारी दिनु भयो। बिधान संसोधनका २० बुदाहरु मद्धे मुख्य बुदा रहेको छ- आगामी अधिबेसन पश्चात सभापति भन्ने पद एन आर एन ए क्यानाडाको समितिमा न रहने। उपल्ला पधाधिकारीमा, सभापति र अध्यक्ष दुई पद विद्यमान रहेको अबस्थालाई परिमार्जन गरि अब कार्यकारी अधिकार सहितको अध्यक्ष रहने र बरिष्ठ उपाअध्यक्ष सहित महासचिब र अन्य पधाधिकारीहरु साबिक बमोजिम नै रहने ब्यबस्था भएको पनि अध्यक्ष दुलालले जानकारी दिनु भयो। र आगामी १८ औ अधिबेसन गर्नको लागि प्रमुख निर्बाचन आयुक्तमा बिनय नेपाललाई नियुक्त गरिएको पनि उहाले जानकारी दिनु भयो।

त्यसैगरी कार्यक्रमको अघिल्लो दिन अर्थात जुलाई 20 मा क्यालगरी स्थित प्रियारी विन्ड्स पार्कमा भब्य रुपमा नेपाली मेला सम्पन्न भएको छ। नेपाली कला, सस्कृति, भेष भुषा, रहनसहनलाई त्यहा रहेका नेपाली हरु बीच मात्रै होइन, बिदेशीहरुसामु समेत संपेषण गर्ने उद्देश्यले सो मेला आयोजना गरिएको थियो। नेपाली बिभिन्न जात जातिहरुका झाकीहरु, बाजाहरु , आभूषणहरुलाई प्रस्तुत गरिएको सो कार्यक्रममा स्थानीय हजारौले अबलोकन गएका थिए। बिदेशीहरुपनि कार्यक्रमको माहौलमा झुम्मिएका थिए। सो कार्यक्रममा पनि पूर्व मंत्री तान्या, राजदुत पौडेल, साम्सदहरु जियोर्गे चाहल, मनिंदर सिधुको समेत बिशेष उपस्थिति रहेको थियो। स्थानीय क्यालगरीबासी विभिन्न सघ सस्थाहरुको आयोजनामा सम्पन्न भएको सो मेलाको चेयर गर्नु भएको थियो, क्यालगरी नेप्लिज कम्युनिटी अफ एसोसिएसनका पूर्व अध्यक्ष धुर्ब राईले। त्यसैगरी मेलाको को चेयर गर्नु भएको थियो, एन आर एन ए क्यानडाका अध्यक्ष माधब दुलाल र नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरी एन सी एस सी का पूर्व अध्यक्ष श्रीकान्त अर्याल र सि एन सि ए का पूर्व अध्यक्ष प्रज्वल कार्की |
नेपाली मेला कार्यक्रममा स्थानीय कलाकारहरुले गीत संगीत र नृत्यका माध्यमले उपस्थित सबैलाई भरपुर मनोरंजन दिएका थिए। कार्यक्रममा नेपालबाट आएका गायक राजेश पायल राई र क्यालगरी मै बस्ने ख्यातिप्राप्त गायिका मिना निरौलाले चर्चित गीत गाएका थिए। कार्यक्रममा नेपालीहरुका विभिन्न खानाका परिकारहरुले अतितिहरुको स्वागत गरिएको थियो।
दुवै कार्यक्रमहरु भब्य र सभ्यरुपमा सम्प्पन भएको स्थानीय नेपालीहरु र क्यानाडाको विभिन्न भागबाट निम्त्याइएकाहरुले बताएका छन्। क्यागरीमा अध्ययन गर्दै गरेका नेपाली बिद्यार्थी सन्दीप खनाल भन्छन – बिदेशी भूमीमा पनि नेपालीहरुको यस्तो उत्साहजनक सहभागिता हुनु हामी सबैको लागि गर्वको कुरा हो। नेकासे एडमन्टनका पूर्व अध्यक्ष लक्ष्मण अधिकारीको भनाईमा नेपाली मेला भब्यरुपमा सम्पन्न भएको र सम्मेलनले नया आशा जगाएकोछ। ओन्टारियोको ब्राम्प्टनबाट निर्बाचित एन आर एन ए क्यानाडाका बर्तमान समितिका सदस्य जगन सापकोटा भन्नु हुन्छ – एन आर एन ए क्यानाडालाई अझै शशक्त बनाएर नेपालीहरुको हक हितका निम्ति थप कार्यक्रमका साथ् अगाडी बढाउनु पर्ने दायित्व हामी माझ आएको छ। ओन्टारियोको ब्राम्प्टनबाट नै आउनु भएका एन आर एन ए क्यानाडाका उपसभापति किरोज श्रेष्ठ भन्नु हुन्छ – कार्यक्रमले थप आशा जगाएको छ र समुदायको हितमा काम गर्नु पर्ने थप दायित्व पनि संगै हामी माझ थपिदिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend