बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सौर्य एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना; १८ जनाको मृत्यु

सौर्य एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना; १८ जनाको मृत्यु

९ साउन ,काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । आज बिहान ११ बजेर ११ मिनेटमा जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल बन्द भएको छ ।

दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले सौर्य एयरलाइन्सको उक्त जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको जनाएको छ ।

जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो ।

प्राधिकरणले जारी गरेको विज्ञप्ति अनुसार सौर्यको ९ एन-एएमई/सिआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:११ मिनेटमा जहाज पोखराका लागि उडेको हो।

जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ।

जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिएर रनवेको पूर्वमा दुर्घटना भएको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend