सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुदूरपश्चिमबाट प्रधानमन्त्री ओलीले गरे यस्तो सम्बोधन

सुदूरपश्चिमबाट प्रधानमन्त्री ओलीले गरे यस्तो सम्बोधन

PM KP Sharma Oli addresses the nation from the PM's residence in Balwatar, Kathmandu on Sunday, November 15, 2015. Photo: Skanda Gautam

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिमा जनताका आकांक्षा प्रतिविम्बित हुनुपर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेश सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको खुट्टा छोएर भोट मागेर जितेका जनप्रतिनिधि सभ्य हुनुपर्ने बताए । जनप्रतिनिधिका व्यवहारले लोकतन्त्रप्रति जनताको विश्वास जाग्ने बताउँदै प्रधानमन्त्री ओलीले छानेर पठाएका प्रतिनिधिको स्वच्छताप्रति जनतामा विश्वास हुनु पर्नेमा जोड दिए ।

कसैले नियुक्त गरेको भए राम्रो भएन भनेर फिर्ता गर्न सकिने भएपनि जनताको प्रतिनिधिलाई फिर्ता गर्न नसकिने उनको भनाई छ । सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय आकांक्षा तय गरेर काम गरिरहेको प्रधानमन्त्री ओलीले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend