३१ असार , काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओली र २१ जना मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन्।
प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए । सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १०, एमालेबाट ८, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ गरी २१ मन्त्री समेटिएका छन्
सोमबार पद तथा गोपनीयताको शपथग्रहणसँगै लैनचौर पुगेका ओलीले शहीदको शालिकमा माल्यार्पण गरे । प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि लैनचौर पुगेर शहीदको शालिकमा माल्यार्पण एवं पुष्पगुच्छा अर्पण गरे ।

प्रधानमन्त्री ओली र नवनियुक्त मन्त्रीहरूले आजै पदभार सम्हालेका छन् । प्रधानमन्त्री कार्यालयमा ओलीलाई ब्राम्हणहरूले स्वस्ती बाचनको मन्त्रोच्चारण साथै निमित्त मुख्यसचिव लीलादेवी गड्तौलाले टीका र माला लगाएर स्वागत गरिन् ।
यस्तो छ ओली मन्त्रीमण्डल-

प्रकाशमान सिंह : उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री
विष्णु पौडेल: उपप्रधानमन्त्री तथा अर्थमन्त्री
पृथ्वी सुब्बा गुरुङ: सञ्चारमन्त्री
रमेश लेखक: गृहमन्त्री
शरदसिंह भण्डारीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा
आरजु देउवा : परराष्ट्रमन्त्री
प्रदीप यादव: खानेपानीमन्त्री
बलराम अधिकारीः भूमि व्यवस्था मन्त्री
दामोदर भण्डारीः उद्योग मन्त्री
नवलकिशोर शाहः महिला तथा बालबालिकामन्त्री
देवेन्द्र दाहालः भौतिक पूर्वाधारमनत्री
तेजुलाल चौधरीः युवा तथा खेलकुदमन्त्री
प्रदीप पौडेल: स्वास्थ्य तथा जनसंख्यामन्त्री
अजय चौरसियाः कानूनमन्त्री
बद्रीप्रसाद पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
रामनाथ अधिकारी कृषिमन्त्री
विद्या भट्टराईः शिक्षामन्त्री
मानवीर राईः रक्षामन्त्री
दिपक खड्काः उर्जा
राजकुमार गुप्ताः संघीय व्यवस्थामन्त्री
ऐनबहादुर शाही ठकुरीः बनमन्त्री
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend