बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा ध्रुव अधिकारी समुहको उम्मेदवारी

ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा ध्रुव अधिकारी समुहको उम्मेदवारी

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को यही असार ३१ गते हुने निर्वाचनमा अध्यक्षमा ध्रुव अधिकारीले समुहगत रूपमा उम्मेदवारी दिएका छन् ।

अध्यक्षका प्रत्यासी अधिकारीले आफु पार्टीगत रूपमा नभई समग्र ठमेललाई सुन्दर , सभ्य, सुरक्षित र सु-संस्कृत बनाउने उद्देश्य सहित व्यवसायीको हक अधिकारका लागि हरबखत लागि पर्ने उद्देश्यले आएको बताएका छन् । अधिकारी ठमेलमा लोकप्रिय र समाजसेवी व्यक्तिको रुपमा चिनिन्छन ।

असार ३१ गते हुन लागेको परिषद्को २८औं र २९औं बार्षिक साधारण सभा तथा निर्वाचनमा निवर्तमान अध्यक्ष भविश्वर शर्मा र अधिकारी पुनः प्रतिस्पर्धा गर्न लागेका हुन् । अधिकारीसंग परिषद्मा पुर्व महासचिव भएर काम गरेको राम्रो अनुभव रहेको छ । आफ्नो नेतृत्वको समुहलाई ठमेलका व्यवसायीहरुले भारी मतका साथ विजयी गराउने विश्वास अधिकारीले व्यक्त गरेका छन् ।

अधिकारीको समूहमा उपाध्यक्ष पदमा कृष्ण थपालिया, महासचिवमा सोजेशमान मालाकारले उम्मेदवारी दिएका छन् । यस्तै, सदस्य पदमा बद्री अर्याल, सुदर्शन खनाल, लालबाबु चौधरी, रञ्जयमान प्रधान, जनक सिंह तामाङ, नविन तामाङले उम्मेदवारी दिएका छन् ।

यस्ता छन् अधिकारी समुहको निर्वाचन प्रतिबद्धता

“धुर्ब अधिकारी लाई हेर्नुस यो पटक।
भबिश्वर शर्मा किन पटक पटक ? ”

१) हामि स्वच्छ सुन्दर ब्यबसाय मैत्री ठमेल बनाऊन चाहान्छौ र त्यो वातावरण निर्माण गर्छौं।
२) घरधनि र ब्यवसायी बिच सुमधुर सम्बन्ध राख्छौं।
३) सड़क महोत्सव तथा बिभिन्न चाड पर्ब होली , दशैं, तिहार तथा नेवा सम्बत तथा नेपाली र अंग्रेज़ी नयाँ बर्षमा साता ब्यापी कार्यक्रम राखी ठमेलको ब्यापार ब्यबसायको राष्ट्रीय र अन्तर्राष्ट्रीय रुपमा प्रचार गर्छौ।
४) हाम्रो कला संस्कृति भेषभुषा लाई प्रबर्धन गरि फल्चा निर्माण पुरातात्विक संम्पदा संरक्षण र रैथाने खाना तथा उत्पादन लाई बजारिकरण गर्छौं।
५) नव प्रवेशी ब्यवसायी र पुराना ब्यवसायी हरुलाई दिगो रुपमा ब्यवसायीक बन्न तालिम गोष्ठी , राष्ट्रीय र अन्तर्राष्ट्रीय मेला हरुमा सहभागी गराउन प्रयत्न गर्नेछु।

तपाईहरुको सुझाब र सल्लाह लाई
आत्मसाथ गर्दै आगामी दिनमा अगाडी बढने छु।
तपाईहरुको अमुल्य मत यो पटक म र मेरो टिमलाई दिनुहुन सादर अनुरोध गर्दछु।

घुर्ब अधिकारी
अध्यक्ष ( प्रत्याशी)
ठमेल पर्यटन बिकाश परिषद

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend