सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

सुनको मूल्य फेरि बढ्यो

सुनको मूल्य फेरि बढ्यो

२८ असार, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य फेरी बढेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत असार २३ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार नौ रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा भने शुक्रबार सुनको भाउ प्रतितोला एक हजार रूपैयाँ आठ सय रूपैयाँ बढेको हो।

शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend