बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

चिरख्वा हाइड्रोपावरको व्यवसायीक उत्पादन जेठबाट सुरु

चिरख्वा हाइड्रोपावरको व्यवसायीक उत्पादन जेठबाट सुरु

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले पाँचौ वार्षिक साधारणसभा सम्पन्न गर्दै ४.७ मेगावाट आयोजनाले यही जेठबाट व्यवसायिक उत्पादन प्रारम्भ गरेको जानकारी दिएको छ। । कम्पनीका अध्यक्ष दीपक राईको सभापतित्वमा असार २३ गते काठमाडौंमा सम्पन्न भएको साधारणसभाले संचालक समितिको आर्थिक वर्ष २०७९/८० को कम्पनीको वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

त्यससँगै समीक्षा आर्थिक वर्षको वासलात, लेखापरिक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब , नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भएका छन् ।

त्यस्तै , सर्वसाधारण समुहको प्रतिनिधित्व गर्ने दुईजना संचालकको चयन र कम्पनीको ठेगाना परिवर्तन सम्बन्धि निर्णयलाई पनि सभाले अनुमोदन गर्यो।

यस कम्पनीले भोजपुर जिल्लामा अवस्थित ४.७ मेगावाटको माथिल्लो चिरख्वा खोला जलविद्युत आयोजना सम्पन्न गरि २०८१ जेठ १४ गतेबाट व्यवसायिक उत्पादन सुरु गरेको हो। कम्पनीको अधिकृत , जारी तथा चुक्ता पूँजी रु. ४० करोड रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend