बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

राष्ट्रिय जीवन बीमा कम्पनीको बोनसदर घोषणा

राष्ट्रिय जीवन बीमा कम्पनीको बोनसदर घोषणा

२० असार , काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष  २०६७/०६८ देखि आव २०६९/७० सम्मको बोनसदर घोषणा गरेको छ । जसअनुसार बीमितले सबै प्रकारका बीमा पोलिसीमा समान ६० रुपैयाँ बोनसदर पाउने  भएका छन् ।

नेपाल बीमा प्राधिकरणले कम्पनीको सो अवधिसम्मको कायम रहेको  १ लाख ६२ हजार ७२१ वटा बीमालेख संख्याको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमांकीय मुल्यांकन प्रतिवेदनको आधारमा नियामक निकाय  गत माघ १७ गते स्वीकृति प्रदान गरेको थियो ।

कम्पनीले बीमा प्राधिकरणको स्वीकृति बमोजिम सञ्चालनमा ल्याएको सबै बीमालेखहरूमा आव २०८१/८२ को लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा ६० रुपैयाँ बोनसदर कायम गरेको हो । बोनसदर बीमांकीय मूल्यांकनको आधारमा परिवर्तनशील रहने पनि कम्पनीले बताएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend