सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गैरसरकारी संस्थाको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन

गैरसरकारी संस्थाको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन

४ असार, काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै पनि  गैरसरकारी संस्थाको कुनै  पनि प्रकारको सहयोग नलिन प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले संसदीय समितिहरूलाई निर्देशन दिएका छन् ।

सभामुख देवराज घिमिरे र अध्यक्ष नारायणप्रसाद दाहालको तर्फबाट मंगलबार निर्देशनपत्र जारी गर्दै संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी एवं अनुमति विना सहयोग नलिन निर्देशन दिएका हुन् ।

‘संसद्को संस्थागत जानकारी एवं अनुमति विना कतिपय गैरसरकारी संस्थाहरूले संसदीय समिति तथा सचिवालयलाई सहयोग गर्ने, माननीय सांसदहरूको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पर्ने गरेको गुनासोहरू आइरहेकाले ध्यानाकर्षण गराइएको छ,’ पत्रमा भनिएको छ ।

यस्तो सहयोग नलिन  संसद् सचिवालयले यसअघि पनि पटकपटक सतर्क गराइएको जनाएको छ ।

आइतबार( २ असार ) एक गैरसरकारी संस्थाका कर्मचारी खाजासहित उपस्थित भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले  प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेका थिए। त्यसपछि उक्त बैठक स्थगित भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend