२९ जेठ , काठमाडौं । पारिवारिक निजी वन संघ , नेपालको काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनले जोगराज गिरीको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमितिको सर्वसम्मत निर्वाचन सम्पन्न गरेको छ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा इन्दिरा घिमिरे , उपाध्यक्षहरुमा लक्ष्मण पाठक, बुद्धि उप्रेती , शुशिला खतिवडा , मुक्ति तिमिल्सिना , मेघराज भुसाल , ऋषी अधिकारी र कर्ण रावल , महासचिवमा आरती पाठक, कोषाध्यक्षमा राजेन्द्र भट्ट , सचिवमा नवीन पौडेल लगायत रहेका छन् ।

संघको विधान अनुसार ४९ सदस्यीय कार्यसमितिमा ४ जनालाई संचालक समितिले चयन गर्नेछ ।
नवनिर्वाचित अध्यक्ष गिरीले वनलाई पर्यावरण संरक्षण , दिगो विकास , व्यावसायिक गतिविधिको लागि पारिवारिक निजी वनको भुमिका महत्त्वपूर्ण छ भन्ने कुरा स्थापित गर्न आगामी दिनमा यो अभियानलाई अझै सशक्त ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसअघि जेठ २८ गते सोमबार महाधिवेशनको उदघाटन समारोहका प्रमुख अतिथि उपराष्ट्रपति रामसहायप्रसाद यादवले सो अवसरमा निजी वनको दिगो व्यवस्थापनको खाँचो रहेको बताएका थिए । निजी वनको सही सदुपयोग गर्न सके मुलुकको आर्थिक समृद्धि कायम गर्नमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका थिए ।
महाधिवेशन जेठ २८ र २९ गते गरि दुई दिनमा सम्पन्न भएको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend