सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

६८ बर्षिय वृद्धले गरे अर्घाखा“चीमा १० बर्षिय बालिकालाई बलात्कार

६८ बर्षिय वृद्धले गरे अर्घाखा“चीमा १० बर्षिय बालिकालाई बलात्कार

अर्घाखा“ची । दिनप्रति दिन बलात्कारका घटना बढ्दै गईरहेका छन् । बलात्कारको घटनाले राज्यलाई नै चुनौती दिएकोे छ । यस्तै पत्याउनै नसकिने गरी ६८ वर्षका वृद्धले अघा“खाचीकी अन्दाजी १० बर्षकी बालिकालाई बलात्कार गरेका छन् ।

अर्घाखा“चीको भुमिकास्थान नगरपालिका १ ढाकावाङ साम्नेगाउ“की अन्दाजी १० वर्षकी बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्युठानको मल्लरानी गाउपालिका २ सिउते निवासी ६८ वर्षिय डण्डबहादुर बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । पीडित बालिका शारीरिक रूपमा कम्जोर देखिन थालेपछी उनकी आमाले बालिकालाई शोधपुछ गरेपछि मात्रै घट्ना प्रहरीको भनाई छ ।

अभियुक्त बिश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय अर्घाखा“चीले नियन्त्रणमा लिई बुधबार प्युठान प्रहरीलाई बुझाएको अर्घाखाँची प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नबराज मल्लले बताए ।

चाउचाउ खाने पैसा दिदै फकाइफुल्याइ गरि बालिकालाई बलात्कार गरेको पिडितले बताईन ।
बालिका गत पुस महिना देखि बृद्धबाट बलात्कारको सिकार हु“दै आएको समेत खुलासा भएको छ । प्युठान प्रहरी प्रमुख निर्मल बुढाथोकीले आबश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend